संसारमा एक मानवव्दारा अर्को मानवसंग गरिवी, वौदिक शोषण, सामाजिक शोषण, आर्थिक शोषण, श्रम शोषण तथा ठुला शक्तिशाली राष्ट्रहरुव्दारा साना तथा कमजोर मुलुकहरु माथि हुने मुलुकीय शोषण अथाह तरीकावाट उत्पादति शक्ति राष्ट्रहरुका आणविक तथा स्वचालित किरण विकिरणयुक्त हातहतियार र तिनका प्रयोग जस्ता अत्यन्तै डरलाग्दा मानवव्दारा संचालित युद्धहरु अनेक तरिकावाट उत्पादित लागु पदार्थ लगायत अमावीय कृयाकलापको विरुद्ध सन १९७३ मा प्रथम पटक मानव अधिकार नामक संस्था गठन गरी मानवव्दारा मानवलाई गरिने कुनै प्रकारको उत्पीडित विरुद्ध लड्ने उद्घोषणको साथ यो संस्था स्थापना गरिएको हो र त्यसैको प्रभाववाट यो संस्था आज विश्वव्यापी रुपमा क्रियाशील रहेको छ । नेपालजस्ता अल्पविकसित विकासोन्मुख मुलुकहरुमा हुने ग्रामीण क्षेत्रका अत्यन्त डर लाग्दो श्रमशोषण, लैगिक शोषण, जातीय शोषण, सांस्कृतिक शोषण, शिक्षाको अभाववाट हुने चेतनाको शोषण, हत्या, लुटपाट, वलात्कार, लागु औषधको प्रयोग जस्ता हजारौ प्रकारका एक मानववाट अर्को मानवमा भईरहेको शोषणले ठाडो मानव अधिकार हनन् भएको हुंदा हामीले जहां छौ, आ आफना स्थानवाट यस्तो प्रवृतिको विरोध गर्दै मानव अधिकारलाई संरक्षण गरौं, मानववाट मानवमाथि कुनै पनि थिचोमिचो र भेदभावको शोषणको विरोध गरौं भन्ने घोषणाका साथ यो घोषणा पत्र प्रकाशित गरेका छौ ।
- यो धर्तीको काखमा जन्मिएका सवै मानव यो धर्तीका सन्तान हुन सवैले समान रुपले अधिकारको प्रयोग गर्न अर्को मानवलाई कुनै किसिमको धक्का या मर्का, मानसिक, सामाजिक तनाव दिने छैन भन्ने कुरा मानव अधिकारको सर्वव्यापी घोषित कार्यक्रम हो हाम्रो मुलुमा के यो लागु भएको छ ? र यदि छैन भने कहाँ कहाँ ? के ? कसरी ? उल्लंघन भएको छ ?
- जुनसुकै समूहको सरकार बनेपनि गरिवीको रेखा मुनीका मानव जातीहरुले शिक्षा, स्वास्थ्य, गाँस, बास, लत्ताकपडा न्याय जस्ता आधारभूत अधिकारवाट सवै वञ्चित रहेको देखिएको हुंदा सर्वप्रथम यो समुदायको अधिकारलाई नेपाल सरकारवाट नै मानव अधिकारको संरक्षण प्रारम्भ गरियोस भनी अनुरोध गर्दछौं ।
- हाम्रो मुलुक अथवा नेपालमा जुन सरकारले राज्य सञ्चालन गरे पनि जुनै पनि क्षेत्र रानीतिकरण नै हुन्छ किनभने हाम्रो देशमा अदालतमा न्यायधिशले निष्पक्ष न्याय दिन सकिन्दैनन् । शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, निजी अस्पताल, सरकारी अस्पताल, कानुन व्यवसायी, न्यायपालिका विभिन्न राजनीतिक दल, यो देशका राज्य संचालक विदेशी सल्लाहवाट यो मातृभूमि नेपाल नेपाल राज्य संचालन हुन्छ । गरिव निमुखा राजनीतक दलको कार्यकर्ता भन्दा मताधिकार प्रयोग गर्ने मानिसहरु राजनीतिक गुट गर्ने समूहवाट नातागोता आफन्त र कृपावादको प्रयोग गरि अधिकार पाउनवाट वञ्चित गरिन्छ र हाम्रा राज्य संचालन गर्ने कुनै पनि राजनीतिक दल कुर्सिका लागि मात्र लड्छन । हामी नेपाली दाजुभाई, दिदी वहिनी तथा आमावुवाहरुलाई हाम्रो संस्था के निवदेन गर्न चाहन्छौं भने जुनै पार्टी वा दल आए पनि यो देश र जनताको लागि गाँस, बास, कपास र रोजगारको सुनिश्चिता गर्नु पर्यो । दैनिक उपभोग्य खाद्य वस्तुहरुको भाउ निश्चित गर्नु परयो । राज्यले वेरोजगारी समस्या समाधान गर्नु परयो ।.